लेख

कबिता

नब युगका नब सुस्केराहरु जागेर आऊ
बर्ग बैरी भगाउने धुप सल्काएर आऊ

अचेतलाई चेतमा ल्याउदैसंगै मिलि आऊ
प्रवल सम्भाबना तिम्रै हो जाग्जागे आऊ

पिडादायी छेडसंगै भुलेर हसाउन आऊ
गौरब गाथा कोर्दै इतिहास रच्दै रच्दै आऊ

हायाकायल भिडमा सुधुर बोकी आऊ
बिश्वास तिम्रै मात्र छ राको बालि आऊ

धोका छलछाम हैन सिधा वार गर्न आऊ
थोरैबाट धेरै हुदै स्पातिलो बनाउदै आऊ

जितमा बिश्वास छर्दै पाइला लम्काउदै आऊ
एक ढले दुई तयार पार्दै अघि बढ्दै आऊ

अंकुश लगाउनेलाई स्वाद चखाउदै आऊ
बोलीमा हैन काममा बिश्वास बढाउदै आऊ

No comments:

Post a Comment