गजल
जिउदै जिन्दगी जलाउने चिहान मन परेन
पक्ष बादि गर्ने त्यो भगवान मन परेन
उफ्री उफ्री भाषण गर्छ यस्तो उस्तो गर्छु
यि नेताको देखावोटि सान मन परेन
बेदेसिदै छन् देशका बलिया कर्णदार
खाडि मुलुक पुर्याउने उडान मन परेन
पछि बसे पिठियुमा छुरा धस्ने बानि
भेट हुदा नाटकिय सम्मान मन परेन
प्रगति देखि नसहने आफ्ना भन्नेले नै
पापि मनले दिएको बरदान मन परेन
थिइन् उनि स्वर्गकी परी जस्तै राम्री
पैसामा बिक्ने बैश जोबान मन परेन
रातै भरि तिमी सङ्ग रम्नुको मजा बेग्लै
छुट्न बाध्य गराउने त्यो बिहान मन परेन
No comments:
Post a Comment