Thursday, April 18, 2013

गजल


झ्याप्पै भेट भो के के भो

गामबेसी झर्दाझर्दै झ्याप्पै भेट भो के के भो
पाइला अघि सर्दासर्दै झ्याप्पै भेट भो के के भो

म आफ्नै धुनमा थिए तिमि आफ्नै धुनमा
घुम्ती मोद्डामोड्दै झ्याप्प भेट भो के के भो

पहिले आँखा मात्रै जुधे अनि परिचय भयो
दिल संग दिल झ्याप्प भेट भो अनि के के भो

तिमि मेरो भयौ म तिम्रो भए एक्लो भयो शंका
दुइ मुटुको एकठाउं झ्याप्प भेट भो के के भो
गोकर्ण 'प्रकाश' बुटवल

No comments:

Post a Comment