Thursday, April 18, 2013

गजल



भँवरालाई देख्नै हुन्न रे फूल वैशाखमा
जब सुवाश लुटिन्छ हुन्छ भूल वैशाखमा

सन्देश पठाइ – पठाइ किन बोलाउँछयौ ?
लामखुट्टे आउँदैन पर्दैन झूल वैशाखमा



जवानी सबैमा हुन्छ कति भार बोक्न सक्छौ
आफैले निम्त्याए पछि भत्किन्छ पूल वैशाखमा

तृप्ती मन कस्तो चाहना जवानीमा मात लागेरै
तिम्रो पछि लाग्दैछ रे हुलका हुल वैशाखमा

किन मरी हत्ते गर्छयौ खेतालाहरू बोलाइ
नरोपे हुन्छ है बीउ फल्दैन तरुल वैशाखमा ।

– © मानन्धर अभागी ।

No comments:

Post a Comment