Thursday, April 18, 2013

गजल



प्रत्येक सीमाका किल्लाहरू , हराउँदै छन्
प्रत्येक नेपालीले माटो , विराउँदै छन्

निरीह माटो छट्पटाउँदा , हेरिरहे मात्र
कमजोरी था भएरै होला , पिराउँदै छन्


मै हुँ भन्ने वादशाहहरूले , केही गरेनन्
प्रत्येक नेपालीको त्यो शिर , गिराउँदै छन्

आफ्नै भूमिमा टेक्दा , उनको कुटाइ खानु छ
विदेशी सैनिक चाहीँ , हामीमा कराउँदै छन्

अन्तर्राष्ट्रिय कानुन , ठाडै उल्लँघन गरी
बल पूर्वक बन्दुक तेर्साइ , डराउँदै छन् ।

No comments:

Post a Comment